गठबन्धनले भोलिसम्म महानगर उपमहानगरबारे टुंगो लगाउने, प्रदेशका रिपोर्ट भोली नै लिने
सत्तारुढ गठबन्धनले भोलीसम्म महानगर र उपमहानगरको विषयमा टुंगो लगाउने भएको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो ।
गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रबत प्रतिस्पर्धा गर्ने भनेर समाचार आइरहेका बेला गठबन्धनले भोली ठोस कार्ययोजनासहितको निर्णय गर्ने बताएको हो ।
त्यसैगरी बैठकले बाकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय पनि गरेको छ। सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गरेको छ ।
काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल गर्ने गरी विहानको बैठक टुंगिएको हो । ‘आज दिउँसो १ बजे गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्छ । त्यसमा थप छलफल हुनेछ ।