परिणाम देखिनेगरी चुनावमा लाग्ने माओवादी केन्द्रको निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २ बैसाख ।

नेकपा माओवादी केन्द्रले परिणाम देखिने गरी निर्वाचनमा लाग्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा बोलाउनुभएको पार्टीको कार्यलयसहितको पुर्व स्थायी समितिका सदस्यहरुको बैठकबाट आगामी निर्वाचनमा परिणाम देखिनेगरी लाग्न्े निर्णय भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचनमा सबै कुरा विर्सेर परिणाम निकाल्नेगरी लाग्न् नेताहरुलाई निर्देशनसमेत दिनुभएको एक स्थायी समिति सदस्यले बताउनुभयो ।

अध्यक्षले अहिले बनेको गठबन्धन र प्रतिगमन विरोधी गठबन्धन भएकाले प्रतिगमनका पक्षधर बहेक अन्यसँग अनुकुलतामा तालमेल गरेरु अगाडि बढ्न सकीने बताउनुभएको थियो । बैठकमा प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन पनि निर्देशन दिनुभएको छ ।

त्यसैगरी बैठकमा स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ। ‘अहिले पार्टी प्रवेशको लहर नै चलेको छ । ती सबैको राजनीतिक पृष्ठभूमि र योगदानलाई केलाएर उचित भूमिका दिने विषयमा छलफल भयो’ स्थायी समिति सदस्इले भने ‘नवप्रवेशीलाई चुनावमा टिकट दिँदा प्रभाव के कस्तो छ भन्ने विषयमा समेत अध्ययन गर्ने भनिएको छ ।’
त्यसैगरी बैठकमा चुनावमा उम्मेदवार छनौट गर्दा विशेष ध्यान दिनुपर्नेमा नेताहरुको जोड थियो ।