बागमती प्रदेश खेलकुद प्रतियोगिता सफलतापुर्वक सम्पन्न : कसले जिते उपाधि
बागमती प्रदेश खेलकुद प्रतियोगिता सफलतासाथ सम्पन्न भएको छ ।
समापन समारोहको प्रमुख अतिथित्यता संघिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंगम रहनुभएको थियो । कार्यक्रमको सभापतित्व बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका सांसदद्धव लक्ष्मण लम्साल र चन्द्र लामा, जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला सेना प्रमुख, लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा चितवन जिल्ला पहिलो, काठमाण्डौ दोश्रो र ललितपुर तेस्रो भएको छ । प्रदेश स्तरिय खेलकुद प्रतियोगिता फागुनको २८ गते सुरु भएर चैत्रको १२ गतेसम्म संचालनमा र¥यो ।
उदघाटन समारोह पिप्लेक्याम्पा रंगशाला, हेटौडामा फागुन २८ मा भएको थियो । समापन समारोह चैत्रको १२ गते धुलिखेलमा भएको थियो । काभ्रे जिल्ला धेरै खेल भईरहने भएतापनि प्रदेश स्तरिय प्रतियोगिता भने पहिलो पटक समापन र उत्कृष्ट खेलहरु काभ्रेमा ल्याईएको जिल्ला अध्यक्ष मानविर लामाले बताउनु भयो । लामाले यस घटनाबाट अब्बल नेतृत्वको रुपमा पनि चिनिएका छन् । प्रदेश स्तरीय गेम बक्सिङ र महिला फुटबल काभ्रेमा ल्याउन अध्यक्ष मानबिरको महत्त्वपूर्ण भुमिका रहेको छ ।
यस्ता खालका खेलकुद प्रतियोगिताले खेल क्षेत्रमा राम्रो प्रभाव राख्न र खेलाडिहरुलाई खेलप्रति आकर्षित गर्दै खेलमय वातावरण बनाउन सक्ने जिल्ला अध्यक्ष लामाको बुझाई रहेको छ ।
चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । चितवनले २१ स्वर्ण, १९ रजत र १४ काँस्य हात पार्यो । काठमाडौंले १९ स्वर्ण, ६ रजत, ७ कास्य र ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कास्य हात पर्यो । बागमती प्रदेशका १३ जिल्लालाई समावेश गर्दै आयोजना गरिएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेल रंगशालामा समापन गरिएको छ । प्रतियोगिताको फागुन २८ गते मकवानपुरको हेटौडास्थित पिप्ले क्यापडाडाँ रंगशालामा उद्घाटन गरिएको थियो । प्रतियोगितामा प्रदेश सरकारले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गरेको थियो । जसमध्य हेटौडामा ब्याडमिन्टन, तेक्वान्दो, पुरुष फुटबल, चितवनमा भलिबल र क्रिकेट, काठमाडौंमा एथलेटिक्स, काभ्रेमा महिला फुटबल र बक्सिङ, सिन्धुपाल्चोकमा कराँतेका खेल आयोजना गरिएको थियो ।