घाइते जनसेना भेट्न प्रचण्ड पुगे बीर अस्पताल, उपचारकाे जिम्मा र परिवारलाइ सहयाेग गर्ने प्रतिवद्वता
बीर अस्पतालमा उपचारको क्रममा दुबै खुट्टा गुमाएका काभ्रेका पुर्व जनमुक्ति सेनाका सदस्य भक्त रानाकाे उपचारको जिम्मेवारी नेकपा माओवादी केन्द्रले लिने भएको छ ।
पार्टी अध्यक्ष प्रचण्ड मंगलबार बिहान वीर अस्पतालमा पुगि काभ्रे महाभारत गाउँपालिका ६ का पुर्व जनमुक्ति सेनाका योद्धा(सेक्सन कमान्डर) भक्त रानालाई भेट गरि उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिँदै साे बताउनुभएको हाे ।
बिर अस्पतालमा उपचाररत घाइते याेद्वा भक्त रानालाइ भेट्काेन केन्द्रीय सदस्य तथा पुर्व उर्जा राज्यमन्त्री सहित पुगेका प्रचण्डले परिवारकाे सामु साे प्रतिवद्वता गर्नुभएको छ साथै उहाँले राज्यको तर्फबाट हुने सहयाेगकाे लागि पहल गर्ने बताउनुभएको छ ।
मकवानपुरको झुरझुरेमा घाइते हुनु भएको राना शान्ति प्रक्रिया पछि वाइसीएलको जिम्मेवारी रहि काम गर्दै आउनु भएको थियो। टाउकोमा लागेको चोट बल्झिएपछी उहाँको खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।
अहिले उहाँको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकहरुको सहयोगले उहाँको उपचार भैरहेको छ।
भेटको क्रममा अध्यक्ष कमरेडले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमि हुन नदिने, ७ बर्षको बच्चाको पढाई र मेडमको रोजगारीको लागि पहल गर्ने बताउनु भएको छ।
माओवादीकाे प्रवास पार्टी कमिटिकाे पहलमा घाइते रानाकाे उपचारको लागि सहयाेग संकलन पनि भइरहेको बताइएको छ ।
प्रचण्डले गम्भीर अवस्थामा पनि भक्त राना र उनकाे परिवारले पार्टी प्रति गरेकाे विश्वास र नेतृत्व प्रतिकाे दृढ भावनाले आफुफु थप उत्साहित भएकाे भन्दै धन्यवाद दिनुभएको थियाे ।
प्रचण्डको सचिवालयले लेखेकाे छ- गम्भीर अवस्थामा पनि भक्त र उहाँको परिवारको पार्टी र नेतृत्वप्रतिको दृढ विश्वासले हामीलाई प्रेरित गरेको छ। कमरेड भक्तको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्डलाई जनमुक्ति सेनालाई वेवास्ता गरेको आराेप आइरहेका बेला अत्यन्तै व्यस्तताका बिच पनि प्रचण्डले अस्पतालमा गएर घाइते जनयाेद्वालाइ भेटेर आफु जनमुक्ति सेना र घाइते अपांगकाे साथमा निरन्तर रहेकाे सन्देश मात्रै दिएका छैनन् एक असल अभिभावक र नेतृत्व भएको पुष्टि पनि गरेका छन् । धन्यवाद प्रचण्डलाई ।