पेट्राेल, डिजेल र मट्टितेलकाे मुल्यमा ५ रूपैयाँ बृद्वि, पेट्रोल पुग्याे १५०, सर्वत्र विराेध

मूलखबर संवाददाता
काठमाडौं, २० फागुन

नेपाल आयल निगमले पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ ।

त्यसै गरी खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ ।

विहीबार राती १२ बजेबाट लागू हुने साे नयाँ मूल्यसूचि अनुसार पेट्राेलकाे प्रतिलिटर खुद्रा मूल्य १५० कायम भएकाे छ भने डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएकाे छ ।