द्वन्द्वका समयमा जागिर गुमाएका शिक्षकलाई पुनर्वहाली गर्ने निर्णय

मूलखबर संवाददाता
काठमाडौं, १७ फागुन

मन्त्रिपरिषद्ले द्वन्द्वका समयमा जागिर गुमाएका शिक्षकलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्री देबेन्द्र पाैडेलकाे प्रस्तावमा मन्त्रीपरिषद बैठकले साे निर्णय गरेको हाे । निर्णय अनुसार –
निर्णय :
क) २३३ जना शिक्षकको पुनर्वहाली गर्ने ।
-प्रचलित कानुनबमोजिम सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्वहाली गर्ने ।
-पुनर्वहाली हुने शिक्षकलाई विद्यालयमा हाजिर भएको मितिदेखिको तलबभत्तालगायतका सुविधा दिनेऽ तर सेवाबाट हटाइएको मितिदेखि पुनर्वहाली भई हाजिर नहुन्जेलको अवधिको तलब, भत्ता, बिदा, पोसाक, चाडपर्व खर्चलगायतका सुविधा नदिने
-पुनर्वहालीका लागि सिफारिस गरिएका शिक्षकहरुमध्ये हाल उमेर हद पूरा गरेकाको हकमा ६० वर्ष उमेर पुगेको मितिसम्मलाई आधार मानी निजको विस्थापित भएको अवधिमा ननाघ्ने गरी न्यूनतम निवृत्तिभरणका लागि बढीमा सात वर्ष अवधि जोड्ने । यसरी अवधिको थप गर्दा निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजनका लागि एकमुष्ट पाँच वर्ष अवधि थप गर्ने
-विस्थापित भएपछि सार्वजनिक लाभको पद धारण गरेका व्यक्तिलाई पुनर्वहाली नगर्ने । त्यस्ता व्यक्तिको हकमा पहिलोपटक लाभको पद धारण गरेको मितिसम्मलाई आधार मानी निजको विस्थापित भएको अवधिमा ननाघ्ने गरी न्यूनतमका लागि बढीमा सात वर्ष अवधि जोड्ने
ख) १८ जनाको हकमा
-स्थायी नियुत्तिपत्र लिएका तर हाजिर भई कामकाज गर्न नपाएका १८ जना शिक्षकलाई रिक्त दरबन्दीमा नियुक्ति गरी काममा लगाउने र विद्यालयमा हाजिर भएको मिति देखिको सेवा अवधि गणना गर्ने ।
ग) ४१ जना शिक्षकको हकमा ः
उमेरहदबाट अनिवार्य अवकाश भएको भएको मितिसम्मलाई आधार मानि न्यूनतम निवृत्तभरण प्रयोजका लागि बढीमा पाँच वर्ष अवधि जोड्ने । यसरी थप गर्दा पनि निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजका लागि एकमुष्ट पाँच वर्ष अवधि थप गर्ने
-अवधि थप गर्दा निवृत्तभत्तरण पाउने व्यक्तिले यस अघि उपदान लिइसकेका भए सो रकम फिर्ता गरेपछि मात्र निवृत्तिभरण पाउने
२ सय ८४ जना अस्थायी शिक्षकहरुका लागि –
सेवाबाट हटाइएका २८४ जना अस्थायी शिक्षकहरुका सम्बन्धमा निजहरुले पाउने सञ्चित बिरामी बिदाको अलावा देहायबमोजिमको एकमुष्ट आर्थिक सहयाता पाउने ।
-३ वर्षभन्दा कम सेवा अवधिका शिक्षकहरुलाई -एक लाख, एक लाख २५ हजार र एक लाख ५० हजार
-३ वर्षदेखि ५ वर्ष भन्दा कम सेवा अवधि -१ लाख ७५ हजार, २ लाख र २ लाख ५० हजार
-५ वर्षदेखि १० वर्षभन्दा कम सेवा अवधि – २ लाख ५० हजार, २ लाख ७५ हजार र ३ लाख
-१० वर्षदेखि १५ वर्षभन्दा कम सेवा अवधि – ३ लाख ५० हजार, ४ लाख र ४ लाख ५० हजार
-१५ वर्ष र सोभन्दा सेवा अवधि – बढी ५ लाख, ६ लाख र ७ लाख