गठबन्धन जाेगिने गरी एमसिसिबारे निर्णय लिने तयारी
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जाेगिनेगरी एमसिसिबारे विशेष निर्णय लिने बताएका छन् ।
अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउँदै एमसीसी समस्या समाधानका लागि आफूहरूले विभिन्न उपायको खोजी गरेको पनि बताए । माओवादी केन्द्रकाे उपत्यका विशेष प्रदेश समितिकाे तेस्रो पुर्ण बैठकलाई सम्वाेधन गर्दै उनले आफुहरू संशोधनसहितको एमसिसिकाे पक्षमा रहेको दाेहाेराए । उनले भने- एमसिसिबारे पहिलो विकल्प टेबुल भएको छ अब समितिमा छलफलमा लैजाअाैं र निर्वाचनमा लागाैं, दाेस्राे विकल्प टेबुलमै हाेल्ड गराैं र तेस्रो विकल्प संसाेधनकाे सुनिश्चितता सहितको अाधिकारिक पत्राचार । यसअघि जनयुद्धका सहिद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसरमा पनि प्रचण्डले यस्तो बताएका थियाे ।
यस क्रममा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समुदायको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका थिए । त्यसैले पनि फेरि अर्को जनयुद्ध लड्नुपर्ने उनको चेतावनी थियो ।
‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो । संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकार खोस्ने षड्यन्त्र भइराखेको छ भनेर नै अपिल गर्यौं । र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरि हामीलाई प्राप्त भयो । अहिले हामी एउटा एउटा गठबन्धनको रुपमा र नयाँ नयाँ सरकारको रुपमा फेरि एकचोटि साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, जाति, क्षेत्र समुदायका जनताको हक, अधिकारीलाई अझ व्यवस्थित गर्ने प्रयास गर्दैछौं,’ अध्यक्ष दाहालले भने,’