एमसिसि जबरजस्त टेबुल : हामी विपक्षमा हुन्छाैं – प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, ८ फागुन

सरकारले जबर्जस्ती एमसिसि संसदमा टेबुल गरेपछि सत्तारूढ गठबन्धनको मुख्य साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसिकाे विपक्षमा उभिने स्पष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् पार्टी र संसदीय दल एमसीसीका विपक्षमा उभिने बताएका हुन् ।

उनले भनेका छन्,‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

प्रचण्डले एमसीसी टेबल हुन नदिन विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध पनि गरेका छन् ।