गठबन्धनको बैठक : एमसिसि टेबुल नगर्ने सहमति, अर्को बैठक ८ गते बस्ने

मूलखबर संवाददाता
काठमाडौं, ६ फागुन

सत्तारूढ गठबन्धनको बैठक ८ गते अाइतबार पुन बस्ने गरि सकिएको छ । बैठकले आज संसदमा एमसिसि टेबुल नगर्ने सहमति गरेकोे छ ।

बैठकमा एमसिसि टेबुल गर्ने विषयमा प्रधानमन्त्री शेर बहादुर देउवाले प्रस्ताव गरेपछि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधव नेपालले केही दिन राष्ट्रिय सहमति निर्माणका छलफलकाे लागि समय मागेका थिए । उनिहरूले पार्टीको बैठक भएकाले अाइतबार सम्मकाे समय माग गरेपछि साेहि निर्णय बैठकले गरेको थियाे ।

बैठकविना निष्कर्ष सकिएको छ। बैठक आइतबार बिहान १० बजे पुनः बस्ने बताइएको छ। बैठक सकिएलगत्तै माअ‍ोवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बालुवाटारवाट बाहिरिएका छन्।