गठबन्धनमा जुटेन एमसिसिबारे सहमति, शुक्रबार फेरि बैठक

मूलखबर संवाददाता
काठमाडौं, ५ फागुन

सत्तारूढ दलहरूकाे गठबन्धनमा एमसिसिबारे सहमति नजुटेपछि शुक्रबार बिहान पुन:गठबन्धनको बैठक बस्ने गरि टुंगिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए अनुसार अाजकाे बैठकमा कुनै निष्कर्ष निस्किएन । स‌ंसद्मा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो ।

बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा का‌ंग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए । नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको काेसिस गर्ने भन्दै १० बजेका लागि बैठक तय भएको हाे ।

बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ लगायत नेताहरू सहभागी थिए ।