संसद सुचारू र राष्ट्रिय सहमति नभई एमसिसि टेबुल गरे सरकार छाड्ने माओवादी निर्णय

मूलखबर संवाददाता
काठमाडौं, ४ फागुन, ४ फागुन

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभई र संशोधनविना एमसिसि संसदमा टेबुल गर्न नसकिने स्पष्ट पारेेेेेकाे छ ।

आज सिंहदरबारमा सम्पन्न संसदिय दलकाे बैठकले संसद सुचारु नहुदा सम्म र राष्टिय हितमा सहमती नबन्दा सम्म MCC टेबल गर्न नसकिने निर्णय गरेको हाे।

उसले यदि जबरजस्ती गरेर अाजै एमसिसि टेबुल गर्न खाेजिए सरकार छाड्नेे पनि निर्णय गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने बताए।

‘यो पाँच दलीय गठबन्धनको सरकार हो। गठबन्धनको सहमतिबिना कांग्रेसले टेबल गरे गठबन्धन भत्किन्छ,’ देब गुरूङले भने,‘गठबन्धन भत्किएपछि हामी सरकारमा बस्दैनौं।’