प्रचण्ड र ओलीबीच फाेन वार्तामा भएको कुरा यस्तो थियाे

मूलखबर संवाददाता
काठमाडौं, २८ माघ

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दलका नेता एवम् पुर्व प्रधानमन्त्री केपी ओलीबीच हिजाे भएको टेलिफोन वार्ताबारे फरक फरक विषय प्रचारप्रसारमा आएपछि प्रचण्डको सचिवालयले साे बारे आधिकारिक तथ्य सार्वजनिक गरेको छ ।

स्वकीय सचिव गंगा दाहालले वार्ताको विषयमा अध्यक्ष प्रचण्डले  एमसिसिकाे विषयमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं भन्नुभएको तर ओलीले गैरजिम्मेवार जवाफ दिएको बताएकी छिन् ।

यस्तो छ सचिवालयकाेे जानकारी :

हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा(एमाले)का अध्यक्ष केपी ओलीबिच फोन सम्वाद भएको हो ।

अध्यक्ष कमरेड प्रचण्डले, “MCC अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र MCC मा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं” भन्नुभएको हो। तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक लिनु भएन । उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस। तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन।