राष्ट्रकाे हितको पक्षमा निर्णय गर्न माओवादी स्वतन्त्र र सार्वभाैम छ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २८ माघ

सत्तारूढ गठबन्धनका प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पपकमल दाहाल प्रचण्डले आफु र आफ्नाे पार्टी राष्ट्र र जनताको हितकाे पक्षमा निर्णय गर्न स्वतन्त्र र सार्वभाैम रहेको बताएका छन् ।

अमेरिकी अनुदान सहयाेग सम्झौता एमसीसी पारित गर्न अमेरिकी मन्त्रीले दिएकाे चेतावनीमुलक आग्रहकाे जवाफ दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले एमसिसि अन्य सम्झौता झैं संसदबाट पारित नगरी लागू गरेमा समस्या नहुने अन्यथा संशोधन विना पारित गर्न नसकिने जवाफ दिएका थिए । त्यसैगरी प्रचण्डले नेपालमा छिटो निर्वाचन हुन गइरहेकोले याे विषयमा सबै दलमा सहमति बनाउन पनि चुनावपछि छलफल गर्ने गरि पर्खन पनि अाग्रह गरेका थिए ।

अमेरिकी सहायक विदेश मन्त्री डाेनाल्डले चिनकाे दबाबमा प्रचण्डले एमसिसि पारित नगरेकाे अाफुले बुझेकाे प्रतिक्रिया दिएपछि प्रचण्डले विल्कुल त्यसरी नबुझ्न र राष्ट्रकाे हितको पक्षमा आफु र आफ्नाे पार्टी कसैकाे दबाब र प्रभावमा नपर्ने स्पष्ट जवखफ दिएका उनको स्वकीय सचिव रमेश मल्लले बताए ।