माओवादी केन्द्रकाे बैठक स्थगित : यस्तो छ कारण

मूलखबर संवाददाता
काठमाडौं, २७ माघ

नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक अनिश्चितकालीन स्थगित भएको छ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै माओवादीले केन्द्रीय समिति बैठक स्थगित गरेको हो। पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सरकारले फागुन १ गतेसम्म २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएकाले बैठक स्थगित भएको हो।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अगाडि बढाउने विषयमा थप छलफल आवश्यक पर्ने बताउनु भएको छ।

प्रतिनिधिसभाको बैठक फागुन २ गतेका लागि बोलाइएको छ। संसद बैठक, एमसीसीको विषयमा छलफल गर्नुपर्ने हुँदा बैठक अनिश्चित समयका लागि स्थगित भएको उहाँको भनाइ छ।

‘फागुन २ गते संसद बैठक छ। एमसीसीलगायत यो हप्ताभित्र धेरै विषय टुंग्याउनुपर्ने छ’, उहाँले भन्नुभयो, ‘बैठक अनिश्चित समयका लागि स्थगित भएको हो।’