एमसीसी खारेज गर : जनसाँस्कृतिक महासंघ

मूलखबर संवाददाता
काठमाडौं

जन साँस्कृतिक महासंघले अमेरिकी अनुदान सम्झौता एमसीसी खारेज गर्न माग गरेको छ ।

महासंघ अध्यक्ष मातृका पाेखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा एमसीसीमा राखिएका प्रावधानहरू राष्ट्रघाति भएकाले संसदमा टेबुल गर्न नहुने र तत्काल खारेज गर्न माग गरिएको छ ।

त्यसैगरी महासंघले एमसीसी संसदमा टेबुल गर्न नमानेको कारण देखाउँदै सभामुख अग्नि सापकाेटाविरूद्व कारवाही र महाअभियाेगकाे कुरा शान्ति प्रक्रिया नै डिरेल गर्ने षड्यन्त्र भएको ठहर गर्दै उक्त षड्यन्त्रको विरूद्व सडक अान्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ ।