प्रधानमन्त्रीकाे आग्रहमा स्थगित भयाे संसद बैठक, फागुन २ गते बस्ने
प्रधानमन्त्री शेर बहादुर देउवाकाे आग्रहमा बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ । अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको संसद सचिवलय जनाएकाे छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले एमसिसिबारे गठबन्धन दलहरूबीच सहमतिको प्रयास जारि रहेकाले छलफल र गृहकार्यका लागि भन्दै संसद बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।
आजै सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको थियाे। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्नु उल्लेख थियाे ।