
विद्यालय नर्सिङ कार्यक्रमका ३ सय नर्सलाई काेभिड उपचारमा परिचालन गरिने
बागमती प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमका लागि नियुक्त गरेको ३०० नर्सलाई कोरोना संक्रमितहरुको उपचारमा खटाउने भएको छ ।
कोरोना संक्रमण बढ्दा जनशक्तिको अभाव हुन थालेपछि नर्सहरुलाई परिचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
त्यसका लागि जिल्लामा पत्राचार समेत गरिसकेको उनकाे भनाइ छ ।
