मेरो डिजिटल हस्ताक्षर दुरुपयोग भयाे : महासचिव पुरी

मूलखबर संवाददाता
काठमाडौं

नेपाल पत्रकार महासंघका महासचिव राेशन पुरीले अाफ्नाे हस्ताक्षर अनाधिकृत तवरबाट दुरुपयोग भएको भन्दै अापत्ती जनाएका छन् ।

महासंघ पनि जोडिएको विवादित मिडिया अवार्डका विषयमा अन्तिम समयमा भए पनि धारणा सार्वजनिक हुनु सकरात्मक भएको उनले एक विज्ञप्तिमा बताएका छन् ।

उनलेे लेखेका छन् –

महासंघ पनि जोडिएको मिडिया अवार्डका विषयमा अन्तिम समयमा भए पनि धारणा सार्वजनिक हुनु सकरात्मक हाे ।

तर, मेरो डिजिटल हस्ताक्षर दुरुपयोग, सम्बन्धित संस्थाले प्रयोग गरेको महासंघको लोगो, महासंघको नाममा गरेका क्रियाकलापलगायतको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।

संस्थागत निर्णय नभएसम्म अदृश्य तरिकाले हुने क्रियाकलापको अन्त्यका लागि यही पुस ३० गते बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिनुपर्छ । महासंघप्रति सद्भाव राखेर नेतृत्वलाई खबरदारी गर्ने, सकरात्मक परिणामका लागि आलोचना गर्ने, सुझाव दिने अग्रज, सहकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारमाध्यम सबैमा हार्दिक धन्यवाद । महासंघको विधानले निदिष्ट गरेका उद्देश्य प्राप्तिमा यसैगरी सबैको साथको अपेक्षा व्यक्त गर्दछु ।

रोसन पुरी
महासचिव, नेपाल पत्रकार महासंघ