माओवादी केन्द्रकाे विधान सर्वसम्मतिले पारित : ५०% खुला, ५०% समानुपातिक, पदाधिकारी १५ सदस्यीय
नेकपा ( माओवादी केन्द्र ) को जारी महाधिवेशनमा बिधान शंसाेधनसहित सर्वसम्मतिले पारित भएकाे छ ।
महाधिबेसनकाे साताैं दिन प्रतिनिधिहरुबाट बिधान मसौदामाथी आएको सुझाव र उठेको प्रश्न र जिज्ञासाहरु उपर स्थायी समिति सदस्य देब गुरुङले जबाफ दिदै सुझावलाई समेटेर बिधान परिमार्जन गर्ने त्यसलाई केन्द्रीय कमिटीले अन्तिम रुप दिने प्रतिबद्धता सहित हलबाट पारित भएको हाे ।
उक्त पारित बिधान अनुसार अब पार्टीको सबै तहमा नेतृत्व चयन मिश्रित निर्वाचन प्रणाली अनुसार हुनेछ । नेतृृत्वमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशात पुर्ण समानुपातिक हुनेछ ।
यसैगरी १५ प्रतिशत मनोनीत हुने ब्यबस्था छ । ५० प्रतिशत पुर्ण समानुपातिक अन्तरगत दलित, मुस्लिम, थारु , मधेसी, आदिवासी जनजाति, खस / आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लष्टर बनाएको छ।सबै क्लष्टर र खुलाबाट गरि ३५% महिला र २०% युवाको प्रतिनिधित्व हुने ब्यबस्था छ।
केन्द्रको पदाधिकारी संख्या १५ जनाको हुनेछ । केन्द्रिय कमिटी संख्या २९९ सदस्यीय हुनेछ। महाधिवेशनले केन्द्रीय कमिटी निर्वाचित गर्ने, निर्वाचित केन्द्रीय कमिटीले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो समावेसिताको आधारमा चयन गर्ने ब्यबस्था सहित बिधान पारित भएको छ।