
राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हाे।
घिसिङ नेपाल रग्वि संघका अध्यक्ष हुन् । दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकाम सिफारिस समितिले घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।
