प्रधान न्यायाधीशको विषयमा गम्भीर कदम चाल्न दलहरूलाई बारको आग्रह
प्रधान न्यायाधीशको विषयमा गम्भीर कदम चाल्न दलहरूलाई बारको आग्रह
काठमाडौं, २३ कात्तिक ।
नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधीत्व गर्ने राजनीतिक दलहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विषयमा ‘गम्भिर भएर उपयुक्त कदम चाल्न अनुरोध गर्ने’ निर्णय गरेको छ । साथै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आइतबार र सोमबार देशव्यापी रुपमा छलफल गरेको बारले संसदमा रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको महासचिव लिलामणी पौड्यालले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री तथा संसदमा रहेका राजनीतिक दलहरुलाई अहिलेको अवस्थावारे गम्भिर भएर उपयुक्त कदम चाल्न ज्ञापनपत्र बुझाउने निर्णय भएको छ ।’