सत्तारुढ एमाले र प्रतिपक्षी काँग्रेस मिलेर रोके प्रदेश सभा १ को बैठक, अब १५ गते मात्रै
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारूढ दल नेकपा एमाले मिलेर आजको प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गराएपछि बैठक कात्तिक १५ गतेसम्ममका लागि स्थगित भएको छ ।
आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफलको तयारी भइरहेको बेला काँमग्रेसले बैठक रोक्न माग गरेको हो ।
काँग्रेसले बैठक स्थगित गर्न माग गरेपछि सत्तारूढ दल एमालेले पनि बैठक रोक्न र कार्तिक १५ गतेमात्र बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको थियो ।
काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण परेकोले आजको बैठक स्थगित गर्न माग गरेको हो भने एमालेले काँग्रेसले बैठक स्थगित गर्न माग गरेको र अब १५ गते अगाडि पार्टीको कार्यक्रमहरूले गर्दा त्यतिन्जेलसम्मका लागि बैठक रोक्न माग गर्दै निवेदन दर्ता गरेको हो ।
दुबै दलको माग बमोजिम बैठक सरेपछि मुख्य मन्त्री भिम आचार्यको कार्यकाल पनि लम्बीँदै गएको छ ।