प्रचण्डविरूद्व तथानाम बाेल्ने जितनारायणलाई रामचन्द्रले दिए यस्ताे चेतावनि

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर रेणु दाहालविरूद्व जथाभावी बाेल्ने चितवनका काँग्रेस सभापति जितनारायण श्रेष्ठलाई माअाेवादी केन्द्रका नेता रामचन्द्र अधिकारीले हाेसमा अाउन चेतावनी दिएका छन् ।

श्रेष्ठले प्रचण्ड र रेणुलाइ चितवनबाट लखेट्ने अभिव्यक्ति दिएपछि उनकाे अभिव्यक्ति बेहाेसिपन भएको र गठवन्धनकाे मर्मविपरीत भएको भन्दै अधिकारीले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका हुन् । उनले लेखेका छन् –

मित्र जीत नारायणजी!

तपाइको पार्टी नेपाली काँग्रेस मात्र होइन एमाले सहित तत्कालिन सात दल, दरबार र सेना समेतको गठजोडले लखेट्न /सिध्याउन नसकेको माओवादी र यसको नेतृत्व प्रचण्ड, केहि हजार जितनाराणहरुको भाषण र तागतमा लखेटिन्छ जस्तो कहिले देखि लाग्न थाल्यो ?

हेक्का रहोस् चितवन माओवादी आन्दोलन मात्र हैन कम्यूष्ट हरु लाल किल्ला हो र चितवनवासी जनताले आन्दोलन मात्र हैन विकास को नेता पाएका छन्, विकास ले नयां गति देखेर असह्य भयो होला तपाई हरुलाई किन कि तपाई हरु आश्वासनको खेति दिन्थ्यौ, आज वास्तविकता चितवनका जनताले देखेका छन् । बेहोसीमा बर्बराउन छाड्नुस । होसमा आउनुस ! चर्चामा आउने रहर हो भने पनि अन्य सृजनात्मक उपाय खोज्नुस !! तपाईका अभिब्यक्ति पछिल्लो राजनितिक कोर्स, सहकार्य र जारी गठबन्धन सरकार निर्माणको मर्म सँग पनि मेल खाएन । जीतनारायणजी होसमा आउनुस !!