
नेपाल पहिलोपटक साफ च्याम्पियनसिपकाे फाइनलमा
नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।
भारतका लागि कप्तान सुनील क्षेत्रीले २ र मनवीर सिंहले १ गोल गरेका थिए । त्यस्तै माल्दिभ्सका लागि अली अस्फाकले १ गोल गरेका थिए । जितसँगै भारत ८ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ ।
बुधबारको अर्का खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो । नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेको पहिलो पटक हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।
फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।
