नवनियुक्त मन्त्रीहरुद्वारा सपथ र पदभार ग्रहण, २५ मन्त्रीमा ६ जना महिला

मूलखबर संवाददाता
काठमाडौं, २३ असोज ।

नवनियुक्त मन्त्रीहरुले सपथ र पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि विस्तार गरेको मन्त्रीमण्डलका सदस्यहरुले शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका थिए भने सम्वन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी थिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति भण्डारीले नानियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

विस्तारित मन्त्रिमण्डलअनुसार देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री , राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला र पद तथा गोपनीयताको शपथ लिएका थिए।

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीले पनि आजै राष्ट्रपति समक्ष पथ तथा गोपनीयताको शपथ लिएका थिए ।

त्यसैगरी नवनियुक्त राज्यमन्त्री द्धय भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादवले प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुख, मुख्यसचिव, प्रधानसेनापतिलगायतको उपस्थिति थियो ।

राससका अनुसार समारोहमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा०एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रयादवलगायत उपस्थिति थियो ।

नवगठित मन्त्रिमण्डलमा ११ जना नयाँ अनुहार रहेका छन् । नवगठित मन्त्रिपरिषदमा ६ जना महिला रहेका छन् । जसमध्ये ३ जना नेकपा माओवादी केन्द्रबाट, एक जना जनता समाजवादी पार्टी बाट, एक जना नेकपा एकीकृत समाजवादीबाट र १ जना नेपाली कांग्रेसबाट रहेका छन् ।

गत असार २९ गते गठन भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आज चौथो पटक विस्तार भएको हो । सरकार गठन भएकै दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुईरदुई जना मन्त्री भएका थिए । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र पछिल्लो पटक परराष्ट्र मन्त्रीमा डा नारायण खड्कालाई नियुक्त गरिएको थियो ।
मन्त्रिमण्डलमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित नौ, माओवादीका तर्फबाट एक राज्यमन्त्रीसहित छ, नेकपा ९एकीकृत समाजवादी०का तर्फबाट एक राज्यमन्त्रीसहित पाँच र जनता समाजवादीका तर्फबाट चार मन्त्री हुनुहुन्छ । पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई समर्थन गर्ने भएको छ ।