थपिए मन्त्री, मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

मूलखबर संवाददाता
काठमाडौं, २२ असोज ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्ण आकारमा विस्तार भएको छ । आज १७ मन्त्री थपिएपछि मन्त्रीपरिषदले पूर्णता पाउन लागेको हो । सत्तारुढ गठबन्धनका दलहरुबीचको सहमतिपछि थपिने मन्त्रीहरुको नामावली राष्ट्रपति कार्यलयमा पठाइसकिएको छ । आजै मन्त्रीहरुको सपथ पनि हुनेछ ।

आज थपिनेमा नयाँ देखि पुराना अनुहारहरु रहेका छन् । माओवादी केन्द्रले पुरै नयाँ अनुहारलाई मन्त्री बनाएको छ भने अन्य दलले पुरानै अनुहारलाई दोहोर्याएका छन् । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।

हेरौं कसले कुन मन्त्रालयको जिम्मेवारी पाए त ?

कांग्रेसबाट
प्रधानमन्त्री : शेर बहादुर देउवा

गृह मन्त्रालय– बालकृष्ण खाँण

परराष्ट्र मन्त्रालय –नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

माओवादी केन्द्रबाट

अर्थ मन्त्रालय – जनार्दन शर्मा

ऊर्जा मन्त्रालय – पम्फा भुसाल

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

जसपाबाट

भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

एकिकृत समाजवादीबाट

संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ ९किसान०

सहरी विकास मन्त्रालय– रामकुमारी झाँक्री

स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा

राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

शिक्षा राज्यमन्त्री – बोधमाया यादव