करिब ३ महिनापछि मन्त्रिपरिषदले पुर्णता पाउँदै, साझ ४ बजे सपथ ग्रहण

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, २२ असोज ।
सरकार बनेको करिब ३ महिनापछि प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वको मन्त्रिपरिषदले पुर्णता पाउँदैछ । दल विभाजन सम्वन्धी अध्यादेश र गठबन्धन दलहरुबीचको छलफल लम्बिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन समय लागेको हो ।

विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको प्रधानमन्त्रीको नीजि सचिवालयले पुष्टि गरेको छ ।
सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र समाजवादी जनता दलबीच भएको सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ ।

माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी ९जसपा० ले ४–४ मन्त्रालय पाएका छन् ।

कुल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको छ ।

यसअघि काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर, बुधबार काँग्रेसलाई धेरै वटा मन्त्रालय दिन अन्य दलहरु राजी देखिएका छन् ।

माओवादी केन्द्रले आफ्नो भागमा परेको ३ नयाँ मन्त्री र एक राज्यमन्त्रीको नामावली अस्ती बसेको स्थायी समितिबाट टुंगो लगाएको छ जसमा देबेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ र बोधमाया यादव रहेका छन् भने नेकपा एकीकृत समाजवादीले पनि ४ जनाको नामावली टुंग्याएको छ जस अनुसार विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेमबहादुर आले रहेका छन् । जसपाले अहिले मन्त्रीहरुको नाम टुंग्याउन बैठक बसिरहेको छ । भने नेपाली कांग््रेसले पनि आजै मन्त्रीको नाम टुंगे लगाउँदै छ ।
आज साँझ ४ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ ग्रहण कार्यक्रम राखीएको छ ।