पोखरेलले भने, ‘चाडपर्व अवधिभर जिल्लास्थित प्रजिअ र सुरक्षा प्रमुखहरुलाई बिदा नबस्न मन्त्रालयबाट निर्देशन गइसकेको छ, यसलाई पालना गर्ने र बिदाको समयमा समेत जनगुनासा सुनुवाई र ठाडो उजुरी दर्ता गर्न मिल्ने गरी आवश्यक प्रबन्ध मिलाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।’
दशैंमा प्रजिअ र जिल्ला सुरक्षा प्रमुखहरुलाई घरबिदा नबस्न निर्देशन
गृह मन्त्रालयले चाडपर्व अवधिभर बिदा नबस्न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ ।
गृहको यो निर्देशनसँगै अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबाहेक प्रजिअसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखहरुले जिल्ला छोडेर बाहिर जान पाउने छैनन् । गृहको निर्देशनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुलाई पनि चाडपर्वमा घरबिदामा जान रोक लगाइएको छ ।
नेपालीका प्रमुख चाडपर्व दसैं, तिहार, नेपाल संवत, छठलगायत नजिकिँदै छन् । गृह मन्त्रालयको निर्देशनपछि देशभर जिल्लाको अवस्था अनुसार प्रहरी र सशस्त्रका जनशक्ति परिचालित हुने गरी विशेष सुरक्षा योजना लागू गरिएको छ । पर्वलाई लक्षित गरी सबै जिल्लामा बजार अनुगमनलाई पनि बढाइएको छ ।
चाडपर्वको समयमा सर्वसाधारणले २४ सै घन्टा ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना लागू गर्न पनि गृहले निर्देशन दिएको छ ।