अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनिन् पञ्चा सिंह

मूलखबर संवाददाता
काठमाडौं,

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह बन्ने सहमति भएको छ । नेकपा माओवादी केन्द्रको हिजो सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार आज विहान अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्षको रुपमा निर्णय गरेका हुन् ।

आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा अखिल क्रान्तिकारी विद्यार्थीहरुसँग बसेको बैठकमा सिंहलाई अध्यक्षमा तोकिएको अखिल क्रान्तिकारीका हालका उपाध्यक्ष दिपक देवकोटाले मुलखबरलाई बताए । सिंहलाई अध्यक्षमा तोकिएकोबारे औपचारिक घोषणा हुन भने बाँकी छ । देवकोटाको अनुसार अखिल क्रान्तिकारीले नयाँ इतिहास निर्माण गरेको छ ।