माअाेवादी नेता अनन्तलाई उपचारको लागि थाइल्यान्ड लैजाने

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ । जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएकाे छ ।

पारिवारिक स्रोतका अनुसार जन्डिसको समस्या बढेपछि बैंकक लैजाने निर्णय भएको हो । उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो ।

 

सांसदसमेत रहेका पुन लामो समयदेखि जन्डिसबाट पीडित रहेको र त्यसको उपचारका लागि उनलाई बैंकक लान लागिएको हो ।

पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर पछिल्लो दुई वर्ष भने उनी कोभिड-१९ महामारीका कारण फलोअपमा जान नसकेको बताइएको छ ।