परराष्ट्रमन्त्री खड्काले लिए सपथ, आजै अमेरिका जाने
नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई सपथग्रहण गराएकी हुन् ।
मंगलबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति पछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गरेका थिए ।
सपथग्रहण् लगत्तै पद भार ग्रहण गरेर संयुक्त राष्ट्रसंघको बैठकमा सहभागिता जनाउन आजै, अमेरिका जाने बतायएको छ ।