फर्किइन् सुमार : एमसीसी पारित गराउन असफल
करिब एक साता लामाे नेपाल बसाइ सकाएर एमसीसी उपाध्यक्ष फतिमा सुमार अमेरिका फर्केकी छिन् । सुमारले अाइतबार नेपाल छाडेकी हुन् । नेपाल छाड्नुअघि सुमारले पत्रकार सम्मेलन गरेकी थिइन् ।
लामो समयदेखि सांसदमा विचाराधीन रहेको एमसीसी सम्झौता अनुमोदन गराउन अमेरिकाले थालेको प्रयास स्वरुप एमसीसी उपाध्यक्ष सुमारको नेपाल भ्रमण भएको हो । एमसीसी सम्झौता अनुदमोदनको विषयमा मुलुक पुरै विभाजित अवस्थामा छ । सुमार नेपाल आउने छेको पारेर एमसीसीको विरोधमा रहेकाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । बिहीबार नेपाल भ्रमणको पूर्वसन्ध्यामा उपाध्यक्ष सुमारले अर्थमन्त्रालयको ११ बुँदे प्रश्नको लिखित जवाफ दिएकी थिइन् ।
नेपाल आउनेबित्तिकै त्यसै दिन दिउँसो विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भेटघाट सुरु गरिन् । त्यसैगरी नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता सामाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो, उर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल अमेरिका संसदीय मैत्री समूहका सांसदहरुसँग छुट्टाछुटै भेट गरेकी थिइन् । सबै भेटमा उनको जोड एमसीसी जतिसक्दो चाँडो अनुमोदन गराउनेमा जोड थियो । त्यसैगरी एमसीसी सम्झौतामा रहेका विवादित विषयमा स्पष्ट पार्ने कोसिस गरेकी थिइन् । उनले राष्ट्रिय दलको रुपमा मान्यताप्राप्त सबै पार्टीका नेताहरुसँग भेटिन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासले उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स विभिन्न पक्षको धारणा बुझ्नका लागि नेपाल भ्रमणमा आएको जानकारी दिएको थियो । नेपाल भ्रमणपछि आइतबार गरेको पत्रकार सम्मेलनमा एससीसी जतिसक्दो चाँडो पारित हुँदा नेपाली अर्थतन्त्रलाई चलयमान बनाउन सहयोग पुग्ने दाबी सुमारले गरेकी थिइन् । उनले सम्झौतापछि नेपालमा ८ वटा सरकार बनेको सबैले कार्यान्वयनका लागि सकारात्मक रहेको जानकारी गराएकी थिइन् । उनले नेपालको आग्रहमा एमसीसी आएको बताएइन् ।