माओवादी केन्द्रका प्रदेश र जिल्ला ईन्चार्ज ताेकीए
नेकपा माअाेवादी केन्द्रले प्रदेश ईन्चार्जकाे जिम्मेवारी ताेकेकाे छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अाइतबार सम्पन्न स्थायी समिति बैठकले प्रदेश २ देखि ७ सम्मकाे प्रदेश इन्चार्जकाे नाम टुंगाएकाे हाे ।
बैठकले प्रदेश २ काे इन्चार्जमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चन्द्र प्रकाश खनाल बलदेब, कर्णालीमा शक्ति बहादुर बस्नेत र सुदुरपश्चिममा खगराज भट्टलाई जिम्मेवारी ताेकेकाे छ । प्रदेश १ काे इन्चार्ज भने टुंगिएको छैन ।
बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए । उनले भने, ‘बैठकमा मुख्यतया केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेण्डामा छलफल भयो । त्यो छलफल अनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरु, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ, इन्चार्जहरु तोक्ने काम भएको छ । त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ । त्यसो गर्दा कतिपय जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि तोकेर उहााहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।’
जिल्ला समन्वय समितिका संयोजकहरु तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको प्रवक्ता श्रेष्ठले बताए । सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी निश्चित गर्ने काम भएको पनि उनले बताए । उनले भने, ‘प्रदेश र जिल्लाका जिम्मेवारीहरु तय गरिएका छन् । यसका साथसाथै अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछाडी प्रदेश अधिवेशन गर्ने गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ । निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको छ । र हामीले निर्वाचन नियमावली र निर्वाचन निर्देशिकालाई छिट्टै तल पठाइदिने छौं र त्यसको आधारमा अधिवेशनका कामहरु सम्पन्न हुनेछन् ।’
अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वधिनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधीको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिँगै पार्टी कमिटीलाई निर्देशित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।