६७% नेपालीको पहुँचमा छ बैंकिङ, महिला भन्दा पुरूषकै पहुँच बढी
नेपालको कुल जनसंख्याको ६७ प्रतिशत नागरिकमा बैंकिङ पहुँच पुगेका केन्द्रिय बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजानिक गर्दै ६७.३४ प्रतिशत नागरिकमा बैंकिङ्ग पहुँच पुगेको जनाएको छ।
सरकारको नीतिको कारण पछिल्लो समय बैंक खाता खोल्नेको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ। पछिल्लो समय सरकारले एक नेपाली एक बैंक खाताको नीतिलाई अघि सारेको थियो।
कुल खातामा २० प्रतिशत एटिएम प्रयोगकर्ता छन भने ३.८६ प्रतिशत इन्टरनेट बैंकिङ्ग र ३२ प्रतिशत मोबाइल बैंकिङ्ग प्रयोगकर्ता छन्।
मोबाइल बैंकिङ्ग र एटिएम प्रयोग गर्नेमा धेरै २० वर्ष उमेर समुहका नागरिक रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै मोबाइल बैंकिङ्ग प्रयोग गर्नेमा पुरुष २२.४७ प्रतिशत छन भने महिला १६.५३ प्रतिशत छन। इन्टरनेट बैंकिङ्ग प्रयोग गर्नेमा पुरुष ४.३८ प्रतिशत र महिला २.९२ प्रतिशत छन। त्यस्तै मोबाइल बैंकिङ्ग प्रयोग गर्नेमा पुरुष ३३.५० प्रतिशत र महिला २९.३७ प्रतिशत छन्।