एक सय २७ जना नेपाली अफगानिस्तानबाट आइपुगे
अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्। तीमध्ये १२६ जना पुरूष र एक जना महिला छन्।
अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्।
उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ।
‘उहाँहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागेका छौं। उहाँहरूको आजै एन्टिजेन्ट परीक्षण गर्छौं र स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउनुपर्नेलाई पठाइन्छ अरूलाई त्यहीँ आइसोलेसनमा राखिन्छ,’ नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लव पौडेलले भने।