लुम्विनी प्रदेशमा नयाँ सरकार बन्दै : माओवादीका केसी मुख्य मन्त्री, आजै मन्त्रीमण्डल गठन हुने
काठमाडौं, २८ साउन ।
लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले माओवादी केन्द्रका नेता कुल प्रसाद केसीको नेतृत्वमा सरकार बनाउन पहल गरी प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गर्नुभएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले निर्धारित समयभित्र सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने जानकारी दिनुभयो । ती चार दलले मुख्यमन्त्री पदमा माओवादी केन्द्र, संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्न लागेका बताइएको छ । नेकपा ९एमाले० भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।
प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाले सरकारका लागि दाबी पेश गर्न लागेको जनाइएको छ ।