प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३, तटस्थ १

मूलखबर संवाददाता
काठमाडौं, ३ साउन ।

पुनस्थाििपत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा देउवाले विश्वासको मत मागेका थिए । कूल सहभागि २ सय ४९ सांसद मध्ये उनको पक्षमा १६५ मत र विपक्षमा ८३ मत खसेका छन् । मत विभाजनमा १ जना सांसद तटस्थ बसेका छन्।

आइतबार भएको संसद बैठकको दोश्रो सत्रमा देउवाले आफूमाथि संसदको विश्वास छ भनी प्रस्ताव पेश गरेका थिए जसमा आइतबार राती ९ ३० मा मत विभाजन गरिएको थियो ।
देउवाको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सांसदले मत हालेका थिए । त्यसैगरी उनलाई नेकपा एमालेको माधव पक्षका सांसदहरुले पनि मत दिएका थिए भने के पी ओली पक्षका ४ जना सांसदले समेत देउवाको पक्षमा मत हालेका थिए । ओली पक्षका सांसद किसान श्रेष्ठ, पे्रम आले, गोपाल बम र धनबहादुर बुढाले पार्टीको निर्णय विपरित देउवालाई साथ दिएका थिए ।

आजै दिउँसो एमालेका माधव पक्षीय नेता भिम रावलले सांसद पदबाटै राजीनामा गरेका थिए भने पार्टी एकताको लागि गठीत कार्यदलका उच्च नेताहरुले मतदानमा सहभागिता नजनाउने भन्दै बहिस्कार गरेका थिए ।

त्यसैगरी जनता समाजवादी पार्टीका महन्थ ठाकूर पक्षले पनि अन्तिम अवस्थामा आएर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

योसङ्गै देउवा सरकार प्रतिनिधि सभाको पुर्ण कार्यकाल चल्ने भएको छ ।