
नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने जापानको भनाई
जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशबासीका नाममा सम्बाेधन गर्दै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।
जुलाईदेखि अगस्टसम्ममा खोप नेपाल आइपुग्ने गरी खोप उपलब्ध गराउने जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुने छ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउने छन् ।
