सरकार गठनमा लाग्ने गठबन्धनको निर्णय, आज माओवादी केन्द्रसहितको सानो मन्त्रिमण्डल
विघटित प्रतिनिधिसभा पुनस्थापना र शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश सहितको सर्वोच्च अदालतको आदेशपछि कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।
गठबन्धनको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यस्तो बताएका हुन् ।
उनका अनुसार सर्वोच्च अदालतको फैसला अनुसार आज नै सरकार बन्छ । सरकार बनाउनको निम्ति हामी लागिपर्ने हो । संयुक्त गठबन्धनको सरकार हुन्छ । यसलाई प्रभावकारी रूपमा लिएर जाने कुरा भएको छ,ु नेता भट्टराईले भने, ुकोरोना विरुद्धको भ्याक्सिन, अर्थतन्त्रका संकट भ्रष्टाचार लगायतका समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे बेलैमा तयारी गरेर अगाडि बढ्नेबारे छलफल भयो । सम्भव भएसम्म राष्ट्रिय एकता कायम गर्नका लागि प्रयत्न गर्ने भन्ने निर्णय भएको छ ।ु
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बसेको थियो ।
सहमति अनुसार आज काँग्रेस सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रीमण्डलसहित सपथ ग्रहण गर्नेछन् । देउवालाई मंगलबार सपथ ग्रहणको लागि सोमबार नै राष्ट्रपति कार्यलयबाट खबर आइसकेको छ ।
देउवाको मन्त्रीमण्डलमा आज माओवादी केन्द्र मात्रै सहभागि हुने भएको छ । जसपाले साउन ७ गते पछि मात्रै सहभागिता जनाउने र माधव पक्षले आफूहरु सरकारमा जाने विषयमा पार्टीले निर्णय गर्ने बताएपछि आजको मन्त्रिमण्डलमा कांग्रेस र माओवादी केन्द्रको मात्रै सहभागिता रहने भएको हो ।
त्यसैगरी जनमोर्चा नेपालले पनि पाटीृको निर्णयपछि मात्रै सरकारमा सहभागि हुने बताएको छ । उता माधव नेपालले भने आफूहरु पहिले पार्टी सुदृढ र एकताबद्ध बनाउने र त्यसपछि मात्रे निर्णय लिने भएकाले तत्काल गठबन्धनबाट अलग हुने संकेत गरेका छन् ।