सर्वोच्चले जनताको पक्षमा निर्णय गरेको छ, निर्णयकर्तालाई धन्यवाद : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गरेको निर्णय जनता र राष्ट्रको पक्षमा भएको बताएका छन् ।
सर्वोच्च अदालतले दोश्रो पटक प्रतिनिधि सभा पुनस्र्थापना गर्न र कांग्रेस सभापति तथा पुर्व प्रधानमनत्री शेर बहादुर देउवालाई दुई दिनभित्रै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपनि प्रतिक्रिया दिँदै प्रचण्डले उक्त निर्णयको स्वागत गर्दै उक्त धारणा व्यत्तः गरेका हुन् । साथै उनले निर्णयकर्ताहरु न्यायाधिशहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
प्रचण्डले खुशी व्यक्त गर्दै भनेका छन् , संविधानवाद र संविधानको लोकतन्त्र, राष्ट्रियता र आम नेपाली जनताको जितको रूपमा मैले यसलाई हेरेको छु। निकै अप्ठेरो परिस्थितिबाट देश गुज्रिएको थियो। आज सर्वोच्चले जो फैसला गरेको छ, त्यसले संविधान, राष्ट्रियता, लोकतन्त्र र जनताको हितको पक्षमा सही निर्णय गरेको छ। अदालत फैसलालाई म स्वागत गर्छु। संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिन चाहन्छु।’
त्यसैगरी प्रचण्डले प्रतिगमन विराधी गठबन्धन निर्वाचनसम्म नै जाने पनि घोषणा गरेका छन् । अब हामी गठबन्धन बनाएर नै हामीले तीन वटा मूलभुत कुरा भनेका थियौं( संविधानवादको रक्षा, लोकतन्त्रको मूल्य मान्यताको रक्षा र राष्ट्रियताको रक्षा त्यही भनेर अगाडि बढेका थियौं। र एकमतले नै अगाडि गएको हुनाले यसैका लागि हामीले गठबन्धन बनाएर अगाडि बढेका थियौं। अब पनि गठबन्धनकै सरकार बन्छ र सरकारमात्र होइन अलि परसम्म नै यो गठबन्धनमार्फत् राष्ट्र र जनताको हितमा समर्पित भएर लाग्ने हाम्रो प्रतिवद्धता छ।’