यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
कोरोनाविरुद्धको १० लाख भेरोसेल खोप शुक्रबार चिनबाट आउँदै. काठमाडौं, २४ असार । कोरोना रोकथामको लागि चनिबाट पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप शुक्रबार नेपाल आउँदै छ ।. नेपाल सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको सम्झौता (नन डिस्क्लोजर एग्रिमेन्ट) अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप शुक्रबार नेपाल आउँदै छ ।. नेपाल बायुसेवा निगमको फ्लाइट सेड्युल अनुसार आज खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चीनबाट मात्रै १८ लाख डोज खोप प्राप्त भैसकेको छ ।. स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोखरेलका अनुसार भेरोसेल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइनेछ ।. अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्ने डा। पोखरेलले बताए । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।. त्यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।. स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार निकट भविष्यमै कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउनेछ । तर खोप आउने तिथी मिति यकिन भैसकेको छैन ।. स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले २४ असारबाट खोप आपूर्ति सुरु हुने बताए । त्यसलगत्तै साप्ताहिक रूपमा विभिन्न चरणमार्फत् खोप आपूर्ति हुने उनको भनाइ छ । सरकारले आगामी पुसभित्र सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य राखेको छ ।.
कोरोनाविरुद्धको १० लाख भेरोसेल खोप शुक्रबार चिनबाट आउँदै
मूलखबर संवाददाता
काठमाडौं, २४ असार ।
काठमाडौं, २४ असार ।
कोरोना रोकथामको लागि चनिबाट पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप शुक्रबार नेपाल आउँदै छ ।
नेपाल सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको सम्झौता (नन डिस्क्लोजर एग्रिमेन्ट) अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप शुक्रबार नेपाल आउँदै छ ।
नेपाल बायुसेवा निगमको फ्लाइट सेड्युल अनुसार आज खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चीनबाट मात्रै १८ लाख डोज खोप प्राप्त भैसकेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोखरेलका अनुसार भेरोसेल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइनेछ ।
अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्ने डा। पोखरेलले बताए । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।
त्यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार निकट भविष्यमै कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउनेछ । तर खोप आउने तिथी मिति यकिन भैसकेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले २४ असारबाट खोप आपूर्ति सुरु हुने बताए । त्यसलगत्तै साप्ताहिक रूपमा विभिन्न चरणमार्फत् खोप आपूर्ति हुने उनको भनाइ छ । सरकारले आगामी पुसभित्र सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य राखेको छ ।