
लमजुङ जिल्ला विद्युत र सञ्चार सम्पर्क बिहीन, भोली सम्म यस्तै हुने
काठमाडौं, १९ असार
गण्डकी अञ्चलको पहाडि जिल्ला लमजुङ १२ घण्टा अघिदेखी विद्युत र सञ्चार सम्पर्क विहीन बन्न पुगेको छ ।
विगत तीन दिनदेखी परेको अत्याधिक वर्ष र वाढी तथा पहिरोका कारण दमौलीबाट लमजुङ तर्फका बिधुतको ४ वटा भन्दा बढि पोलहरु भाँचिएको र मध्यमर्स्याङदी जलविद्युत आयोजनाबाट उत्पादन भएको बिधुत पनि एउटा पोल भाँचिएको र आन्तरिक प्रसारण लाईनमा जोड्न नमिल्ने भएको कारण लमजुङमा दुई तीन दिन अझै बिधुत अवरुद्ध हुने बिधुत कार्यलय लमजुङले जानकारी गराएको छ ।
विद्युत प्रसारण लाइन नै अवरुद्ध भएपछि टेलिफोन टावरहरुले समेत काम नगरेका कारण सञ्चार समेत विच्छेद हुन पुगेको छ ।
विद्युत प्राधिकरणका कर्मचारीका अनुसार वर्षा रोकिएमा भोली नभए पर्सीमात्रै प्रसारण लाइनबाट विद्युत प्रसारित हुनसक्ने भएकाले कम्तीमा अझै २४ घण्टा यस्तै अवस्था रहन सक्ने सम्भावना छ ।
