नेपाल पक्षका नेतालाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी हस्ताक्षर गरेका नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को १३ औं केन्द्रीय कमिटी बैठकमा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए। बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिप्रति योजनाबद्ध रुपमा आक्रमणको प्रयास भैरहेकाले सचेत रहन पार्टी पङ्तिलाई निर्देशन गरेका हुन् ।
“पार्टीका नेता हौं भन्नेहरुले अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टीको हित हुने कार्य गरेको सैह्य छैन” प्रधानमन्त्री ओलीले थपे, “हामी पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार छौं, तर यादहोस् हाम्रो आन्दोलन धेरै मजबुत छ ।”
नेता बामदेब गौतम पार्टी एकता जगाउन बैठकमा आएको भन्दै प्रधानमन्त्री ओलीले बैठकमा उहाँको स्वागत गर्नुभएको छ । अर्को बैठकमा नेता नेपाल पक्षका नेताहरुलाई पनि सहभागी हुन उहाँले आव्हान गर्नुभएको नेता बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बामदेबजीलाई आउने जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गरेका थिए । ढिलोचाँडो नेता नेपाल पक्षका नेताहरु पनि बैठकमा सहभागी हुने उनले विश्वास व्यक्त गरे।