असंवैधानिक मन्त्रिपरिषद् पुनर्गठन सम्वन्धी मुद्धा प्रधानन्यायाधिशकै इजलासमा

मूलखबर संवाददाता
काठमाडौं, ८ असार ।

मन्त्रिपरिषद् पुनर्गठन संविधान विपरीत भएको भनि दायर मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइ हुने तोकिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ सरकारको प्रधानमन्त्री भएको र उहाँले यसअघि दुई पटक गर्नुभएको मन्त्रिपरिषद पुनर्गठन असंवैधानिक भएको भन्दै सो कार्य रोक्न मुद्दा दायर गर्नुभएको थियो ।