काठमाडौं उपत्यकामा थपियो १ साता खुकुलो निषेधाज्ञा : कुन कहिले खुल्ने ?

मूलखबर संवाददाता
काठमाडौं, ६ असार ।

 

विश्वव्यापी महामारीको रपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामको लागि जारी रहेको निषेधाज्ञा केही खुकुलो गरी थप १ हप्ताका लागि लम्ब्यायएको छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय उपत्यकाका तिनै जिल्ला प्रशासन कार्यालयले गरेको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सीलाई जोर बिजोर प्रणालीमा चलाउन दिइने, आइतबार, मंगलबार र बिहिबार सुनचाँदी पसल, भाँडा पसल र विद्युतीय सामग्री बिक्री गर्ने पसल सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।

त्यस्तैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, फेन्सी पसल, कस्मेटिक्स, टेलरिङलगायतका पसल सञ्चालन गर्न दिइने छ ।

जेठ ३० गते स्थानीय प्रशासनले असार १ बाट लागू हुनेगरी किराना र स्टेशनरी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । सो निर्णय यथावत रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौले जानकारी दिएको छ ।