सिन्धुपाल्चोकको मेलम्चीमा २८ जना वेपत्ता, सयौं घर डुवानमा, धनजनको अकल्पनीय क्षती

मूलखबर संवाददाता
काठमाडौं, २ असार

असार १ गते आएको भिषण वर्षा र मेलम्ची खोलामा आएको बाढीले मेलम्ची क्षेत्रमा व्यापक धनजनको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।

बेलुकी ७ बजे मेलम्ची खानेपानिको मुहान रहेको नदीमा खसेको पहिरोले नदीको प्रवाह रोकिएर आएको बाडीले मेलम्ची बजारदेखि माथि रहेका क्षेत्रहरुमा व्यापक क्षति पुगेको छ ।

मेलम्ची र इन्द्रावति नदीमा आएको बाडीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको छ। मेलम्ची बजार बगरमा परिणत भएको छ भने तटिय क्षेत्रमा रहेका मानव वस्ति, कृषि फार्म लगायतका संरचनाहरुमा क्षति पुगेको छ ।

यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको छ । मेलम्ची खानेपानिका कामदारहरु र केही स्थानमा गरी २८ जना मानिसहरु हराईरहेको आशंका गरिएको छ ।
अहिले पनि मेलम्ची बजार पुरै डुबानमा छ भने मानिसहरु घरको छतमा बसेर गुहार मागिरहेका छन् ।