गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए सपथ, सबै विना विभागिय
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।
गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली शनिबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।नेपालीलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, राजमो, जसपा र एक स्वतन्त्र सांसदले समर्थन जनाएका थिए ।
पोखरेल नवलपुरबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद हुन् । खड्का कास्कीबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद हुन् भने अधिकारी लमजुङबाट नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित सांसद हुन भने आचार्य गोर्खाबाट जसपा र साविकको नयाँ शक्ति पार्टीबाट निर्वाचित सांसद हुन् । मनाङे मनाङबाट स्वतन्त्र सांसदको रप्मा निर्वाचित भएका हुन् ।