सरकारले कुर्सी जाेगाउन तराईलाई मरूभुमिकरण गर्न लाग्याे : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २० जेठ

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अाफ्नाे कुर्सी जाेगाउन चुरे बेचेर तराईलाई मरूभुमिकरण गर्न लागेकाे बताएका छन् ।

सरकारले बजेटमार्फत ल्याएको यो नीति कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको बताएका छन् ।

प्रचण्डले  सामाजिक सञ्जालमा लेखेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम छ । सरकारको यो कार्यक्रमले चुरेको दोहन बढ्ने र तराई मधेशमा मरुभूमिकरण हुने भन्दै आलोचना भइरहेको छ ।