बारपाकमा काेभिड नियन्त्रण गर्न नारायणकाजी श्रेष्ठका ५ सुझाव
गाेरखा जिल्लाकाे बारपाकमा काेराेना भाइरसकाे संक्रमण अत्यन्तै बढेकाे तथा १२ जनाकाे ज्यान समेत गइसकेको छ । यसकाे पुर्व जानकारी समेत गराई अाफ्नै पहलमा प्रारम्भिक स्वास्थ्य शिविर समेत सञ्चालन गरेका नेकपा माअाेवादी केन्द्रका प्रबक्ता तथा राष्ट्रिय सभा सदस्य एवम् गाेरखाका लाेकप्रिय नेता नारायणकाजी श्रेष्ठले बारपाककाे बढ्दाे संक्रमण नियन्त्रण गर्न तथा जनताकाे जीवन बचाउन तत्काल ५ काम गर्नुपर्नेे बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत सार्वजनिक गरिएको उहाँका सुझाबहरू यस्ता छन् –
१. करीब ५००० जनस्ँख्या भएको सघन बस्ती भएकाले तत्काल सबैको स्थलगतरुपमा एण्टीजेन टेष्ट गरिहाल्नु पर्छ ।
२. संक्रमितहरुको स्थलगतरुपमै चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी सामान्य , मध्यम र गम्भीर केसहरु छुट्ट्याई उपचारको योजना बनाउनु पर्छ ।
३. संक्रमित नभैसकेका हरु सबैलाई घरमै क्वारान्टिनमा राख्नुपर्छ र घरको उपयुक्तता हेरी सामान्य संक्रमित हरुलाई होम आइसोलेसनमा राख्नुपर्छ । घरमै क्वारान्टिन र आइसोलेसनमा स्वास्थ्य्मपदण्डको पालनामा कडाइगर्नुपर्छ। त्यसको लागि एक स्वयँसेवक टोलीद्वारा निरन्तर अनुगमन गर्नुपर्छ ।
४. मुख्य कुरो, घरमा आइसोलेसनमा बस्न उपयुक्त ब्यबस्था नभएका सामान्य सँक्रमित र मध्यम प्रकारका केसहरुको लागि तत्काल ब्यबस्थित आइसोलेसन सेन्टर बनाईहाल्नु पर्छ ।अक्सिजन र मोनिटरिङ मेसिन सहितको आइसोलेसन सेन्टर हुनुपर्छ।
५. त्यहाँ नै रहने गरी एक जना कन्सल्ट्याण्ट फिजिसिएन ,कम्तिमा एकजना अर्को मेडिकल अफिसर चिकित्सक , नर्स र अन्य स्वास्थ्यकर्मीको टोली हाल त्यहीँ रहने ब्यबस्था गर्नुपर्छ ।
उहाँको स्टाटसकाे पूरा पाठ –
गोरखा जिल्ला बारपाक सुलिकोट गाँउपालिकाको बारपाकमा कोभिड महामारीको प्रकोपले भयावह रुप लिई केही दिन भित्र कोभिडका कारण १२ जनाको दुःखद निधन भइसकेको छ। म उहाँहरुप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।
म आफै गतहप्ता मात्र केही चिकित्सक , ल्याब टेक्निसिएन र स्वयंसेवकसहित डिसिसिएमसि एवं स्थानीय सरकारसँगको सँयोजनमा बारपाक गएको थिएं । कोभिडको पहिलो लहरदेखिनै मेरो नीजि सचिवालय अन्तर्गत क्रियाशील कोभिड स्वयँसेवा समुह (Covid Volunteer Service CVS )को आयोजनामा जिल्लाका बिभिन्न भागहरुमा जाने क्रममा त्यहाँ गएको थिएँ । बारपाकमा त्यसबेला ७८ जनाको स्थलगत एण्टीजेन टेष्ट ३३ जनामा कोभिड संक्रमण (पोजिटिभ) देखिएको थियो । टोली मा जानुभएका चिकित्सकहरुले पोजिटिभ केसहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र केही औषधी दिनुभएको थियो।त्यतिखेरनै हामीले सम्बन्धित सबै निकायहरुलाई परिस्थितिको गम्भीरतालाई ध्यान दिई आइसोलेसन सेन्टर सहित आवश्यक प्रबन्धहरुको लागि सुझाव दिएका थियौं । अहिले परिस्थिति निकै भयावह हुन पुगेको छ। सम्बन्धित सवैले मिलेर योजनावध्द पहल एवं कार्यद्वारा तत्काल संबोधन गर्न ध्यान दिइहाल्नुपर्छ ।
आज प्रदेश ,जिल्ला र गाँपालिकाबाट चिकित्सक सहितको टोली त्यहाँ गएको छ।उक्त टोलीको रिपोर्ट समेतको आधारमा थप कार्ययोजना बनाउनुपर्नेछ।तर अहिले नै मैले निम्न काम हरु गर्नु अत्यन्त आवश्यक देखेकोले सँघीय स्वास्थ्य्मन्त्री ,स्वास्थ्य सचिव ,प्रदेश ,डिसिसिएमसि र गाँउपालिकासँग सँग कुरा गरेको छु :
एक , करीब ५००० जनस्ँख्या भएको सघन बस्ती भएकाले तत्काल सबैको स्थलगतरुपमा एण्टीजेन टेष्ट गरिहाल्नु पर्छ । संक्रमितहरुको स्थलगतरुपमै चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी सामान्य , मध्यम र गँभीर केसहरु छुट्ट्याई उपचारको योजना बनाउनु पर्छ । तिन , संक्रमित नभैसकेका हरु सबैलाई घरमै क्वारान्टिनमा राख्नुपर्छ र घरको उपयुक्तता हेरी सामान्य संक्रमित हरुलाई होम आइसोलेसनमा राख्नुपर्छ । घरमै क्वारान्टिन र आइसोलेसनमा स्वास्थ्य्मपदण्डको पालनामा कडाइगर्नुपर्छ। त्यसको लागि एक स्वयँसेवक टोलीद्वारा निरन्तर अनुगमन गर्नुपर्छ । चार ,मुख्य कुरो , घरमा आइसोलेसनमा बस्न उपयुक्त ब्यबस्था नभएका सामान्य सँक्रमित र मध्यम प्रकारका केसहरुको लागि तत्काल ब्यबस्थित आइसोलेसन सेन्टर बनाईहाल्नु पर्छ ।अक्सिजन र मोनिटरिङ मेसिन सहितको आइसोलेसन सेन्टर हुनुपर्छ।पाँच , त्यहाँ नै रहने गरी एक जना कन्सल्ट्याण्ट फिजिसिएन ,कम्तिमा एकजना अर्को मेडिकल अफिसर चिकित्सक , नर्स र अन्य स्वास्थ्यकर्मीको टोली हाल त्यहीँ रहने ब्यबस्था गर्नुपर्छ ।