राष्ट्रप्रतिले संवैधानिक रुपमा तुरुन्त देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको बिकल्प छैन : श्रेष्ठ

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक रुपमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बताउनुभएको छ ।

माओवादी सहितको दलले १४९ जनाको हस्ताक्षरसहित कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेको अवस्थामा प्रधानमन्त्री केपी ओलीले पनि आफूसँग १५३ सांसदको बहुमत रहेको दावी गरेको भनि राष्ट्रपतिले परामर्श गरेर मात्रै निर्णय लिने बताएपछि श्रेष्ठले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनीक गर्नुभएको हो ।
श्रेष्ठले राष्ट्रपतिले हिजो गरेको आव्हान नै दुरासयपूर्ण भएतापनि आफूहरुले अदालतको रबैयाका कारण दावी पेश गर्न बाध्य भएको पनि बताउनुभएको छ ।

हेर्नुहोस उहाँको भनाई

प्रधानमन्त्रीको निर्णय अनुसार राष्ट्रपतिद्वारा आज अपरान्ह ५ बजेसम्मको समय दिई संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन दावी गर्ने आव्हान संवैधानिकरुपमा त्रुटीपूर्ण र राजनीतिक रुपमा दुराशयपुर्ण नै छ।तथापी हाम्रो आजको ब्यबस्थामा अदालतको निर्णय सहमत असहमत जे भएपनि लागुगर्ने रहेको र सर्बोच्च अदालतले आज ५ बजे भित्र अन्तरिम आदेश दिनुपर्ने यस बिषयमा परेको रिटमा ३ बजेसम्म रिट दर्ता नै नगरेको स्थितिका कारण नेका ,हाम्रो पार्टी ,राष्ट्रिय जनमोर्चाको सँस्थागत पार्टी निर्णय सहित जसपाका बाबुराम भट्टराई ,उपेन्द्र यादव सहित र नेकपा ( एमाले ) का झलनाथ खनाल ,माधव नेपाल सहितका बहुमत प्रतिनिधिसभा सदस्यहरु (१४९) को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएको छ । राष्ट्रप्रतिले संवैधानिकरुपमा तुरुन्त शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको बिकल्प छैन ।